२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने



अ+ अ-

नेपालगञ्ज । धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । 

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ । पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ हुन गएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ । पार्क क्षेत्रको तलाउमा नौकाविहार सञ्चालन तथा माछापालनका लागि ठेक्कासमेत भइसकेको वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

पार्कमा आकर्षक र मनमोहक फूलबारी, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण धमाधम भइरहेका छन् । निर्माण कार्य छिटोछरितो गर्नका लागि पाँच ब्लक छुट्याइएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै यहाँको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया जोड्ने निर्माणाधीन २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ । 

सो वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु गरिएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलाइ भएको हो । 

जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । यो योजनाको अनुमानित लागत रु ८४ करोड छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउनेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणसमेत एकमत छन् । रासस