२१ असार २०८३, आईतवार
,
Latest
मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठक शिंहदवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । केही दिन देखि निरन्तर छलफलमा जुटेका सदस्यहरुले एक खालको साझा प्रस्ताव तयार पारे पनि त्यसमा सहमति जुट्न सकेको छैन ।

सहमतिको लागि वातावरण बन्दै जाँदा कार्यदलका सदस्यहरुबाट नै फरकफरक अभिव्यक्ति सार्वजनिक हुँदा समस्या भएका कारण सुचना प्रवाह कसरी गर्ने भन्ने बारेममा पनि छलफल हुने एक सदस्यले जानकारी दिनुभयो । 

ती सदस्यका अनुसार बिहिबार मन्त्रीपरिषद्को बैठकका कारण बैठक बस्न नसकेको भएपनि कार्यदलका रहनु भएका नेपाल पक्षका नेता धनश्याम भुसालले दिनुभएको अभिव्यक्ति प्रति नेपाल समूहका अन्य सदस्यले असन्तुष्टि जनाउनु भएको थियो ।

उहाँले भन्नुभयो, " धनश्यामजीले भने जस्तो केही पनि नभएको होईन, केही पनि नभएको भए किन निरन्तर छलफल हुन्थ्यो र केही कुरा मिल्न बाकि छ, त्यसलाई समाधान गर्ने कि वातावरण बिगार्ने ।"