२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठक शिंहदवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । केही दिन देखि निरन्तर छलफलमा जुटेका सदस्यहरुले एक खालको साझा प्रस्ताव तयार पारे पनि त्यसमा सहमति जुट्न सकेको छैन ।

सहमतिको लागि वातावरण बन्दै जाँदा कार्यदलका सदस्यहरुबाट नै फरकफरक अभिव्यक्ति सार्वजनिक हुँदा समस्या भएका कारण सुचना प्रवाह कसरी गर्ने भन्ने बारेममा पनि छलफल हुने एक सदस्यले जानकारी दिनुभयो । 

ती सदस्यका अनुसार बिहिबार मन्त्रीपरिषद्को बैठकका कारण बैठक बस्न नसकेको भएपनि कार्यदलका रहनु भएका नेपाल पक्षका नेता धनश्याम भुसालले दिनुभएको अभिव्यक्ति प्रति नेपाल समूहका अन्य सदस्यले असन्तुष्टि जनाउनु भएको थियो ।

उहाँले भन्नुभयो, " धनश्यामजीले भने जस्तो केही पनि नभएको होईन, केही पनि नभएको भए किन निरन्तर छलफल हुन्थ्यो र केही कुरा मिल्न बाकि छ, त्यसलाई समाधान गर्ने कि वातावरण बिगार्ने ।"