१० मंसिर २०८१, सोमबार
,
Latest
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिकाबीच लामो सहकार्य छ– अमेरिकी विदेशमन्त्री ब्लिकेन



अ+ अ-

वाशिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताउनुभएको छ । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ ।”
  
यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ । अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो ।