३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि



अ+ अ-

काठमाडौँ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो । कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने बताउनु भयो ।

उहाँले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताउनु भयो । महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ का कारण चौथो र ५ औं निफ कष्टपूर्ण जनजीवनका बीच गर्नुपरेको थियो । प्रतिष्पर्धामा आएका बाढीले भने हामीलाई उत्साहीत बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरी विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ । यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा गरिनेछ ।

क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । विगतमा झैँ महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइनेछ । चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुनेछ । यस्ता कार्यक्रमले नेपाली चलचित्रको आगामी मार्ग तयार गर्न भुमिका खेल्नेछ ।’

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।