• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

आचार्यकी छोरीका लागि डाक्टर अनिलले गरे ५१ हजार सहयोग



काठमाडौँ । डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान निधन भएपछि उनले उक्त घटनाबाट आफू स्तब्ध बनेको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अरुलाई पनि सहयोग गरिदिन उनले अपिल समेत गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।