२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कानून समाज ४१ औं वषर्मा प्रवेश



अ+ अ-

काठमाडौं।कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका हुनु पर्ने अबधारणा सहित स्थापना भएको नेपाल कानून समाज४०औं वर्ष पूरा गरी ४१औं वर्ष प्रवेश गरेको छ ।

२०३८ सालमा आजकै स्थापना भएको नेपाल कानून समाजले कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासको लागि बिभिन्न कार्यगर्दै आईरहेको छ । समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले समाजको भूमिकालाई थप व्यवस्थित, परिमार्जित र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका लाभहरु तृणमूल स्तरका जनसाधारण सम्म पुग्नु पर्दछ र यसकालागि समाजका सम्पूर्ण क्रियाकलापहरु त्यसै मान्यताबाट निर्देशित हुनु पर्दछ भन्ने मान्यतामा हामी रहेका छौ ।

समाजले संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि राज्यका तीनै अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका), नागरिक समाज र सरोकारवालाहरु सबैले आफ्ना विगतप्रति निर्मम समीक्षा गर्न आबश्यक रहेको जनाएको छ ।

समाजले भनेको छ यसकालागि बिगतका कमजोरी नदोहो¥याउन र सकारात्मक पक्षको सम्बद्र्धन गर्न संकल्परत रहनु पर्दछ । यस बिषयमा सरोकारवाल पक्षसंग र हातेमालो गर्दे अघि बढ्ने जनाएको छ ।