२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको १०० दिनका रोमाञ्चक तस्बिरहरू



अ+ अ-

एजेन्सी । नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ। पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन् :

मङ्गल ग्रहको चट्टान

यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।

मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो।

एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।

हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।

हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिरएप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।

एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।

त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो ।