८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउनुहुन्न– रामहरि खतिवडा

हत्या अभियोग लागेका सांसद्‍ले सभामुखलाई मतदान गर्न पाउनुहुन्न– रामहरि खतिवडा
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदले सभामुख निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीले सभामुखको निर्वाचनमा मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै संसद्को थप कारबाही अगाडि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौँ उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने÷नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छ ।”

त्यसपछि सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नेकपा ९एमाले० का सांसद सुवास नेम्वाङलाई देवराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा बोल्न समय दिनुभयो ।

आज सभामुख चयनका लागि कार्यतालिका रहेको छ ।

मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट कोइरीलाई थुनामा राख्न आदेश सुनाइएको थियो ।

हत्या अभियोगमा फरार रहेका सांसद कोइरीले प्रहरीको फरार सूचीमै रहेको बेला महोत्तरी–१ बाट गत पुस ७ गते प्रतिनिधिसभा सदस्यको सपथ लिनुभएको थियो । उहाँ अहिले पनि निर्बाध संसद् आउजाउ गरिरहनुभएको छ ।