६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

लोकतान्त्रिक शक्तिहरुको सरकार आएपनि जनता भ्रष्टाचारकै शिकार भए : अष्टलक्ष्मी शाक्य

लोकतान्त्रिक शक्तिहरुको सरकार आएपनि जनता भ्रष्टाचारकै शिकार भए : अष्टलक्ष्मी शाक्य
अ+ अ-

काठमाडौं । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताउनुभएको हो ।

नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताउनुभयो । पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो । साथै नेतृ शाक्यले सिर्जनाशील युवाहरुलाई किन बाँलदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गर्नुभएको छ ? उहाँले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताउनुभएको छ ।
 
नेतृ शाक्यले भन्नुभयो, “लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुसासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ । जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनाशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ”

नेतृ शाक्यले अब कम्युनिष्ट पार्टी भित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताउनुभयो ।