९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले नेपाली श्रम,सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनु भयो । राष्ट्रिपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्नसक्ने बताउनु भयो । उहाँले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पु¥याउन र बजार बिस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताउनु भयो । उहाँले हस्तकला उद्योगको विकास र बिस्तारले नेपालको आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । उहाँले हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भुमिका खेल्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हस्तकलाको माध्यमबाट नेपालको सभ्यता,कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनको साथै नेपालको पहिचान र गरिमालाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ । हस्तकला उद्योगको विकास र बिस्तारबाट मुलुकको विशिष्ट पहिचान गर्न सकिन्छ भने नेपालको आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ । हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भुमिका खेल्दै आएको हुनले हस्तकला उद्योगलाई नेपालको तुलानात्मक लाभको क्षेत्र मान्न सकिन्छ ।

मुलुक भित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अति आवश्यक छ । नेपाली श्रम,सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले भोगिरहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । निर्यातमा आधारित हस्तकला उद्योगको क्षेत्रबाट सरकारले लक्ष्य हासिल गर्नसक्छ । देशको सामुदायिक संस्कृतिक विविधतालाई समेट्ने नेपाली हस्तकलाका सामग्रीहरुलाई विश्वमा पृथक नमूनाका रुपमा स्वीकार गरिन्छ ।

यसलाई अझै बिस्तार गर्नु आवश्यक छ । हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पु¥याउन माग अनुसार आपूर्ति र बजार बिस्तार गर्न सम्बन्धित सबैले साझा पहल गर्नुपर्छ । हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार बिस्तारको लागि आवश्यक नीति तथा कानून सहज बनाउन सरकारको ध्यान जाने अपेक्षा लिएको छु । सबै नेपालीले मुलुक भित्र नै उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक छ । मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायीक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार बिस्तारको लागि आवश्यक नीति तथा कानूनलाई सरकारले सहजता दिनुपर्ने बताउनु भयो । उहाँले सम्पूर्ण नेपालीले मुलुक भित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायिक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक रहेको पनि बताउनु भयो ।