२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा सन्तनेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी (तस्बिर-भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी हुनु भएको हो । त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्नु भएको थियो भने सन्त नेता भट्टराईको शालिकमा माल्यार्पण समेत गर्नु भएको थियो ।

महायज्ञमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री सरदसिंह भण्डारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रुपमा लिईन्छ । उहाँको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।