६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकार गठनबारे राप्रपा प्रवक्ताले देखेको बाटो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनसम्बन्धमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पार्टीको पेरिसडाँडामा सम्पन्न पदाधिकारी बैठकले नेकपा (एमाले) सँग मिलेर सरकार गठन गर्ने विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले अहिले गठबन्धन छोड्ने निर्णय नगरेको तर सरकार गठनका लागि अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय भएको बताउनुभएको छ ।

यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले माओवादीको सो निर्णयले विभिन्न अर्थ दिनसक्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने, कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने विकल्प हुनसक्ने उल्लेख गर्नुभएको छ । उहाँले यी बाहेक अरु केही विकल्प होला र ? भनी प्रश्नसमेत गर्नुभएको छ ।