९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

राष्ट्रपतिद्वारा ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश

राष्ट्रपतिद्वारा ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभएको हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ, “अपाङ्गतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणसमेतमा रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु ।”

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै क्षेत्रमा विभेदरहित अवसर प्रदान गर्नुपर्ने संविधानको मार्गदर्शन रहेको छ । यसबाट सबै नागरिकले राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउने मार्ग प्रशस्त भएको छ ।

संविधानका प्रावधान कार्यान्वयन गर्नका लागि अपाङ्गताको क्षेत्रमा सक्रिय सामाजिक सङ्गठन एवं सरोकारवाला निकायको कार्यलाई समन्वयात्मकरूपले सञ्चालन गर्दै सेवा प्रवाहमा सरलता एवं एकरूपता ल्याउन तथा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको यथेष्ट ध्यान जान आवश्यक भएको सन्देशमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सुविधा र अवसरमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्दछ । “अपाङ्गता भएका व्यक्तिलाई कार्यस्थल, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिरजस्ता स्थानमा सहज पहुँच सुनिश्चित हुने भौतिक संरचना निर्माण गर्न तीन तहका सरकार तथा सम्बद्ध सबैको सक्रियता आवश्यक पर्दछ भन्ने आफूलाई लागेको छ” राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्नुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरासमेत गर्न टेवा पुग्नेछ ।” रासस