२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमा ‘क्यामल फ्लु’को खतरा, फिफा विश्वकप स्थगित हुनसक्ने !



अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध चिकित्सकहरूले फिफा विश्वकपको समयमा कतारमा पनि ‘क्यामल फ्लु’ फैलिन सक्ने चेतावनी दिएका छन् ।

यो रोग कोरोना भाइरस र मङ्कीपक्स जस्ता गम्भीर रोगहरु जस्तै खतरनाक छ । फिफा विश्वकपका कारण विश्वभरका फुटबलप्रेमीहरू यस देशमा आएका छन् र यी दर्शकहरूमा क्यामल फ्लु फैलने खतरा छ ।

न्यू माइक्रोब्स एण्ड न्यु इन्फेक्सन जर्नलमा प्रकाशित अध्ययनका अनुसार सन् २०२२ को फिफा विश्वकप हेर्न विश्वभरका फुटबल प्रशंसकहरू कतारमा आउने गरेको वैज्ञानिकहरूले पाएका छन् । तर यसले संक्रामक रोगको जोखिम बढाएको छ । दर्शक, स्थानीय र खेलाडीलाई समेत क्यामल फ्लू लाग्न सक्छ ।

क्यामल फ्लू बाहेक, धेरै रोगहरू दर्शकहरुबीच फैलिन सक्छ । अध्ययनका अनुसार कतारमा छालाजन्य लेश्म्यानियासिस, मलेरिया, डेंगु, रेबिज, दादुरा, हेपाटाइटिस ए र बी जस्ता किटजन्य रोगहरू फैलिने जोखिम रहेको छ । हालै, विश्व स्वास्थ्य संगठनले एक भाइरस पहिचान गरेको छ जसले आगामी दिनमा महामारी निम्त्याउन सक्छ ।

विश्वभरबाट करिब १२ लाख मानिस विश्वकप हेर्न कतार जानेछन् । फिफा विश्वकप कोरोना महामारीको प्रभाव कम भएपछि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसले खाडी मुलुकको २८ लाख जनसङ्ख्यामा १२ लाख थपिँदैछ ।

कतारले आफ्नो स्वास्थ्य विभागलाई यस्तो अवस्थाका लागि तयार पारे पनि संक्रमण फैलिने विषयमा निरन्तर निगरानी र अध्ययन महत्वपूर्ण रहेको अध्ययनमा उल्लेख छ ।

कतार भ्रमण गर्ने विश्वकप फ्यानहरूलाई घातक संक्रमण फैलिने जोखिममा रहेका ऊँटहरूलाई नछुन सल्लाह दिइएको छ । युकेको वेबसाइट आइएलएफ साइन्सको एक लेख अनुसार, २०१२ मा पहिलो पटक एमइआरएस कतारसँग सीमा जोडिएको साउदी अरबमा पत्ता लागेको थियो र त्यसपछि २७ विभिन्न देशहरूमा यसले ९३५ जनाको ज्यान लिएको थियो ।

यसबाट संक्रमित हुनेको संख्या २६०० रहेको छ । एमइआरएस संक्रमणको अधिकांश अवस्थामा, संक्रमित व्यक्तिमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने र खोकी जस्ता हल्का लक्षणहरू देखा पर्छन् ।