२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो रहला भन्ने कमल थापालाई चिन्ता



अ+ अ-

काठमाडौं । मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो रहनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनले चुनाव हारेर आफूले केही नगुमाएको तर, नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै थापाले भनेका छन्, ‘नेपाललाई सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुखी छु’ ।

आफुले हेटौंडालाई बाग्मती प्रदेशको राजधानी बनाएको दाबि गर्दै थापाले यहाँका विकास योजनाहरु अधुरा रहने चिन्ता व्यक्त गरेका छन् । थापाले भनेका छन्, , ‘मैले हेटौंडालाई राजधानी त बनाएँ। तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’