४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन देशले एक सातामा सबै मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाइसक्नेछ ?



अ+ अ-

काठमाडौं । नेपालको छिमेकी तथा भारत र चीनको बीचमा रहेको हिमाली मुलुक भुटानले लगभग सबै योग्य जनसङ्ख्यालाई कोभिड १९ विरुद्ध खोप लगाइसक्न लागेको छ। यूनिसेफले त्यसलाई 'ठूलो सफलता' भनेको छ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार मात्र सात दिनभित्र ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन्। भुटानमा आठ लाख मानिस बसोबास गर्छन्। पहाडी मुलुक भएर पनि उक्त देशले कसरी कुशलतापूर्वक यति चाँडै खोपमा सफलता पायोरु

कठिन भू-भाग
"हाम्रो भौगोलिक अवस्थिति अप्ठ्यारो खालको छ तर उचित योजनाका कारण हामी एक साताभित्रै पहिलो र दोस्रो मात्रा खोप लगाउन सफल भयौँ," भुटानको खोप कार्यदलका सदस्य सोनम वाङ्चुकले भने।

"पहिलो मात्रा लगाउनेको सङ्ख्या लगभग ९९ प्रतिशत पुगेको छ भने योग्यमध्येमा दोस्रो मात्रा लगाउने ९२ प्रतिशत छन्," वाङ्चुकले बीबीसी रेडियोसँग भने।

भुटानमा वयस्क जनसङ्ख्या पाँच लाख ३०,००० को हाराहारी छ। त्यसमध्ये कैयौँ सडकसँग नजोडिएका दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्छन्। केही क्षेत्रका पहाडी गाउँहरूमा पुग्नका लागि स्वास्थ्यकर्मीहरूले घण्टौँ हिँड्नुपर्छ।

डा. वाङ्चुकका अनुसार देशभरि गरेर १,२२० वटा खोपकेन्द्र बनाइएको थियो र ती केन्द्रमा करिब ३,५०० खोप कार्यकर्ता परिचालित थिए। भूपरिवेष्टित भुटानले गत मार्चमा भारतबाट साढे पाँच लाख मात्रा खोप प्राप्त गरेको थियो। आवश्यक तयारी गरिएपछि गत एप्रिलको एक सातामा अधिकांश योग्य वयस्क जनसङ्ख्यालाई खोप लगाइएको थियो।

खोप अनुदान
भारतले घातक दोस्रो लहरको सङ्क्रमण सामना गरेपछि खोप निर्यात रोकेको थियो। त्यसपछि भुटानले आफ्नो आवश्यकता पूर्ति गर्न अरु विकल्प खोज्नुपरेको थियो।

उक्त देशमा आवश्यकताभन्दा बढी हुनेगरी धनी देशहरूबाट खोप अनुदान प्राप्त भयो। "हामीले अमेरिकाबाट पाँच लाख मात्रा मोडेर्ना दुई युरोपेली देशबाट साढे छुई लाख मात्रा आस्ट्राजेनेका खोप प्राप्त गर्‍यौँ," डा. वाङ्चुकले भने।

त्यसपछि जुलाई २० देखि दोस्रो मात्रा खोप लगाउन सुरु गरियो। यूनिसेफले भुटानको सफलतालाई अरूले पनि अनुसरण गर्नुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

उसले विश्वभरिका देशहरूलाई आफूलाई बढी भएको खोप अन्य देशलाई दान गर्न आह्वान पनि गरेको छ। यूनिसेफका भुटान प्रतिनिधि विल पार्क्स भुटानबाट अरूले पाठ सिक्नुपर्ने बताउँछन्।

उनले भने, "भुटानबाट विश्वले सिक्नुपर्ने कुरा के हो भने, एकदमै थोरै चिकित्सक र नर्स भए पनि समाजलाई परिचालन गर्न वास्तवमै प्रतिबद्ध राजा र सरकारी नेतृत्व नभएको भए पूरै देशमा खोप लगाउन सम्भव थिएन।" भुटानले खोप मिसाउने प्रणाली अपनायो। लगभग सबैलाई पहिलो मात्रा आस्ट्राजेनेका लगाइएको थियो तर त्यसमध्ये अधिकांशले दोस्रो मात्रा मोडेर्नाको खोप लगाए।

सरकारमाथि विश्वास

भुटानमा कोभिडका कारण हालसम्म २,५०० जनामा सङ्क्रमण तथा दुई मृत्युको विवरण आएको छ।

भुटानी अधिकारीहरूका अनुसार त्यहाँ नियमित खोप कार्यक्रम सफल रहेको रेकर्ड छ र कोभिड खोप लगाउन कोही पनि अनिच्छुक देखिएनन्।

"जनतामा सरकारप्रति आस्था र विश्वास छ। उनीहरू सरकारलाई विश्वास गर्छन्," वाङ्चुकले भने।