२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा राष्ट्रिय पार्टी बन्यो, समानुपातिकमा तीन लाख मत ‘क्रस’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा तीन लाख मत कटाएसँगै राप्रपा राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

राष्ट्रिय पार्टी बन्न सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । आधाभन्दा धेरै मतगणना हुन बाँकी रहँदा नै राप्रपाले ३ लाख मत कटाएको हो । समग्रमा पाँचौँ स्थानमा रहेको राप्रपाले ३ लाख ३ हजार ३१२ मत ल्याएको छ ।

नेकपा एमाले १२६५३४६ मतसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपाली कांग्रेसलाई ११९३३७९ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ५८६५१८ मत ल्याउँदा चौथो स्थानको माओवादी केन्द्रले ५४५१९९ मत ल्याएको छ । यी पाँच पार्टीबाहेक अन्य राष्ट्रिय पार्टी बन्ने सम्भावना न्युन छ ।

२०७४ मा प्रत्यक्षतर्फ एक सिट मात्र जितेपनि तीन प्रतिशत मत नपाएको राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । अहिले मतगणना जारी छ ।