२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनाको प्रारम्भिक रुझान, ठूला दल दबाबमा



file
अ+ अ-

काठमाडौंः युवाले नेतृत्व गरेका नयाँ दल र स्वतन्त्र उम्मेदवारले निकै ठूलो दबाब सिर्जना गरेपनि अधिकांश स्थानमा ठूला र स्थापित दलले नै मतगणनामा अग्रता लिन थालेको पाइएको छ ।

मतगणनाको पछिल्लो विवरणमा नेपाली काँग्रेस, नेकपा एमालेले सबैभन्दा बढी स्थानमा अग्रता कायम गरेका छन् । नेकपा एमालेले अपराह्न ४ बजेसम्म कूल ४४ स्थानको मतगणनामध्ये १५ स्थानमा अग्रता बनाएर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १ स्थान (मुस्ताङ)मा विजय बाहेक अरु १२ स्थानमा अग्रता कायम गरेको छ ।

अर्थात् परम्परागत दुई ठूला दलले ४४ मध्ये २८ स्थानमा अग्रता कायम गरेका छन् ।

तेस्रो स्थानमा भने रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता बनाइरहेको छ जसलाई सबैले आश्चर्यजनक परिणामका रुपमा लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले २, नेकपा माओवादी केन्द्रले १ तथा अन्यले ४ स्थानमा अग्रता बनाएका छन् ।

मतदान सम्पन्न भएका सबैजसो स्थानमा मतगणना जारी छ । मतगणनाको पछिल्ला नतिजा न्यूजपोलारले नियमित रुपमा अपडेट गरिरहेको छ ।