२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की क्षेत्र नं ३: मतगणना सुरु गरिँदै



अ+ अ-

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ ।

यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको सबै एक सय १९ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएर मुख्य निर्वाचन अधिकृतको जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरिएको छ ।

प्रतिनिधिसभामा सो क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ । कास्की ३ मा प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेकपा ९एमाले०बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा ३ ९१० मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारी, नेकपा ९एमाले०बाट गणेशमान गुरुङ तथा ३ ९२०मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा ९एमाले०का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं २ को गणना सुरु भएको छ भने क्षेत्र नं १ को गणनाका लागि तयारी गरिएको छ । जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए । रासस