९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखियो: मानब अधिकार आयोग

मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखियो: मानब अधिकार आयोग
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखिएको जनाएको छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको आयोगद्वारा अनुगमन प्रतिबेदन सार्वजनिक गर्दे आयोगले मतदाता शिक्षाको अभाव र निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएका कारण मतदानमा अन्यौलता रहेको पाइएको जनाईएको छ ।

प्रतिबेदनको पूर्णपाठ

आज सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट मतदान प्रक्रियाको अनुगमन गरेको छ । निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि गरिएको अनुगमनमा मानव अधिकार आयोगलगायत मानव अधिकारसँग सम्बन्धित अन्य संवैधानिक आयोगका पदाधिकारीहरु, आयोगका पूर्व पदाधिकारीहरु र कर्मचारीहरु सम्मिलित ४२ वटा टोली अनुगमनमा खटिएका थिए ।

अनुगमनबाट प्राप्त तथ्यअनुसार झापा, सुनसरी पाँचथर, सुर्खेत, कैलालीलगायतका जिल्लाहरूमा बम विष्फोटका केही घटनाहरू भएको, कैलाली, कञ्चनपुर, मोरङ्, दैलेख, डोटी, अछामलगायतका जिल्लास्थित केही मतदानस्थल नजिकै विष्फोटक पदार्थ भेटिएको, हुम्ला, दार्चुला, बाजुरा, दोलखा, रौतहट, सिराहा, चितवन लगायतका जिल्लाहरुमा राजनीतिकदलका कार्यकर्ताबिच झडप हुँदा केही व्यक्ति घाइते भएको बुझिएको छ । यी जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाइफायर समेत भएको पाइएको छ ।

कास्कीको माछापुछ«े गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्ले मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मत खसाल्ने क्रममा मतपेटिका फुटाएको जानकारी प्राप्त भएको छ । हुम्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई हत्कडी नखोली मतदान गराइएको छ । पाल्पा, रामेछाप, भोजपुर लगायतका जिल्लाका कतिपय मतदान केन्द्रमा चार, पाँच घण्टा पैदल हिंडेर मतदानको लागि जानुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरणमा कडाइ गरेका कारण अशक्त, अपाङ्गता भएका मतदाताहरुलाई मतदानस्थलसम्म पुर्याउन र घर फर्कनको लागि समस्या भएको जानकारी प्राप्त भएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङकर क्षेत्रका मतदाताले पाँच दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम खलङ्गास्थित मोती महिला संघको मतदान केन्द्रबाट मतदान गरेको बुझिएको छ । प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा कार्यरत सात कर्मचारीमध्ये छ जनालाई निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा बन्द भएको, देशभरका धेरै मतदानकेन्द्रहरु अपाङ्गमैत्री नभएको बुझिएको छ । त्यसैगरी, म्यादी प्रहरी तथा देशभर २७ हजारको संख्यामा रहेका कैदीबन्दीहरुमध्ये अधिकांशले मताधिकारको प्रयोग गर्न पाएनन् । मतदाता शिक्षाको अभाव र निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएका कारण मतदानमा अन्यौलता रहेको पाइएको छ ।

संखुवासभाको एक मतदानकेन्द्रमा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र मात्रै दिइएको, पाल्पाको एक मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र खसाल्ने ठाउँमा प्रतिनिधिसभाको मतपेटिका राखिएको र यस प्रकारका समस्या दाङ्, झापा, ललितपुरलगायतका जिल्लाका केही मतदान केन्द्रमा समेत देखिएकोले केहीबेर मतदानमा अन्यौलता सिर्जना भएको बुझिएको छ । यद्यपि बम विष्फोटका घटना तथा भौगोलिक विकटताका बावजुद् मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगी मतदान गरेको पाइएको छ ।
आयोगको अनुगमनको क्रममा मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी समेत देखिएकोले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन, मतदान केन्द्र एवम् मतदान सामग्रीको व्यवस्थापनमा सुधार गर्न, गराउन आयोग नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछ ।

डा. टीकाराम पोखरेल
सहसचिव -प्रवक्ता