२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने



अ+ अ-

काठमाडौँ । राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लव नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । आर्मीको ब्याटिङका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे । त्यस्तै रोहितकुमार पौडेलले ८७ बलमा नौ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ७५ रन जोडेका थिए ।

कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए । बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै रासिद खान र ललित राजवंशीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा चार विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो । ६७–३ को स्थितीमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक अवस्थामा डो¥याएका थिए । बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १ सय ४० रन जोडे । आरिफले १ सय ९ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए । बलिङतर्फ आर्मीका तिब्र गतिका बलर विक्रम सोबले तीन विकेट लिए भने सुशान भारीको नाममा एक विकेट रह्यो ।

यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ । एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिवार हुनेछ ।