७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

तनहुँको आँधीमूलमा एकादशी मेला

तनहुँको आँधीमूलमा एकादशी मेला
अ+ अ-

दमौली । तनहुँको प्रसिद्ध आँधीमूल मन्दिरमा हरिबोधनी एकादशी मेला लागेको छ । आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित आँधीमूल मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा आज मेला लागेको हो ।

विगतका वर्षहरुमा कोभिड–१९ को सङ्क्रमणका कारण भक्तजनको कम उपस्थिति रहे पनि यस वर्ष धेरै भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाका अनुसार मेलाका लागि फूल तार्न भक्तजन आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।

मेलामा आउने दर्शनार्थीको ठूला सवारीसाधनलाई सत्रसयतर्फबाट आउनेका लागि याञ्चोकमा पार्किङको व्यवस्था मिलाइएको छ । मोटरसाइकललाई मन्दिरको उत्तरपूर्वतर्फ र याम्पाफाँटदेखि आउनेका लागि मन्दिर नजिकै पश्चिमतर्फ पार्किङको व्यवस्था गरिने मन्दिर व्यवस्थापन समितिका सचिव कुमार पोख्रेलले जानकारी दिनुभयो ।

मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजाराँै भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताउनुभयो । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ वर्षमा विशेष चहलपहल हुने गर्दछ । हरिबोधनी एकादशीको अवसरमा आँबुखैरेनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्यरुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मास्केले बताउनुभयो ।

मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा विनियोजित बजेटबाट आँधीमूल मन्दिर रहेको नजिकको पोखरीको माछा संरक्षणका लागि तारबार गरिएको हो । दुई वटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जालीसहितको रेलिङ निर्माण गरिएको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

पृथ्वी राजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको चुमानले बताउनुभयो ।

आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

नारायणी नदी किनारमा स्नान गर्नेको घुइँचो

हरिबोधिनी एकादशीका अवसरमा पूर्वी नवलपरासीको नारायणी नदी तटका धार्मिकस्थलमा बिहानैदेखि विशेष मेला एवं पूजा गर्नेको भीड लागेको छ ।

जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैँडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनैभर भीड लागेको छ । अघिल्ला वर्ष कोरोना कहरका कारणले मेला रोकिए पनि यस वर्ष भने तीन दिन अगाडिबाटै नारायणी नदी किनारमा मेला लागेका हुन् । स्थानीय मेला व्यवस्थापन समिति, युवाक्लब, टोल सुधार संस्थाले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा लागेका मेलामा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड र सुन्तलालगायतका कृषिजन्य उत्पादनको खरिद बिक्री गर्नेको भीड पनि देख्न सकिन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये महत्वपूर्ण एकादशीका रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधिनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधिनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा उल्लेख गरिएको पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ ।

धार्मिक मान्यताअनुसार एकादशीका दिन नारायणी नदीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदी किनारमा लागेको मेलामा तुलसी विवाह, तोरण तार्ने जस्ता धार्मिक अनुष्ठान पनि आयोजना भएका गरिएका छन् । हरिबोधिनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाह र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ ।

पण्डित आचार्यका अनुसार वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई ठूलो एकादशीपनि भनिन्छ । यस दिन सनातनधर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्लएकादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पापपखाली पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिइ र राति जाग्राम बसेर सङ्कीर्तन गर्ने प्रचलन रहेको छ ।