५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डविरुद्ध गोरखाबाट उठेका ‘शताब्दी पुरुष’ पोखरेलको मियालाई समर्थन



अ+ अ-

गोरखा । गोरखा-२  विपी कांग्रेसबाट उम्मेदवारी दिएका ‘शताब्दी पुरुष’ टिकादत्त पोखरेलले एमालेका अब्दुस मियालाई समर्थन गर्ने भएका छन् । सय वर्ष प्रवेशको जन्मदिनको दिन पोखरेलले मियालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

करीव ८० वर्ष संलग्न रहेको पार्टी नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गरेपछि पोखरेलले विपी कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।उनले आफू धेरै हिडडुल गर्न नसक्ने भएकाले कांग्रेस जोगाउँनमात्र दिएको उम्मेदवारी मियाका लागि निष्क्रिय बनाएको बताए ।

पोखरेलले कात्तिक १५ गते आफ्नो सयौं वर्ष प्रवेशको जन्मदिन मनाए । सोहि दिन उनले प्रचण्डविरुद्ध एमालेले खडा गरेका पनाति उमेरका अब्दुस मियालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरे ।

चुनाव जित्न अरु ठाउँमा गाह्रो पर्ने देखेर गोरखामा चुनाव लड्न आएका प्रचण्डलाई हराउनुपर्ने पोखरेलको भनाइ छ । उनले भने, ‘प्रचण्डलाई जसरी हुन्छ, हराउनुपर्छ । कहाँ हो कहाँको व्यक्ति आएर चुनाव लडेर यहाँको विकास कसरी हुन्छ ? चुनाव लड्न कहीँ सकिँदैन भनेर यहाँ आएका हुन् । भेडा बाख्रा पशु सोचेर जित्छु भनेर आएका छन्, हामी भेंडाले नंग्याएर पठाउन सक्नुपर्छ ।’

मियाँले गोरखाको विकासका लागि पोखरेलसँग सहकार्य गर्न तयार रहेको बताए ।




भर्खरै