२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा लगातार तेस्रो जितको क्रममा पुलिसले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको इनिङ खेले । उनले ६६ बलमा चार चौका प्रहार गरे ।

ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन बनाउँदै क्याच भए । अर्का ब्याटर अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा १८८ रनमा अल आउट भएको थियो । कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २–२ विकेट लिए ।