२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलमा समुहमा विद्रोह, किन चल्यो बैठकमै सवाल जवाफ



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको बैठकमा महामन्त्री शशांङ कोइरालाले काउन्टर दिएका छन् । पौडेलले नयाँ कार्यतालिका भन्दा विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव राखेपचि महामन्त्री कोइराला त्यसको विपक्षमा उम्भिएका थिए । 

सोमबारबाट काठमाडौं सुरु भएको संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरूको बैठकमा  महामन्त्री कोइराला नेता पौडेल राखेको प्रस्तावको त्यसको विपक्षमा उम्भिएका हुन् । 

जिल्ला सभापतिहरूले पौडेलको प्रस्तावमाथि समर्थन जनाउने संकेत दिएपनि महामन्त्री कोइराला भने विशेष महाधिवेशनको विपक्षमा छन् । आजको बैठकमा पनि पौडेलले र शशांकले महाधिवेशनका विषयमा फरक मत राखेका थिए ।

पौडेलले विशेष महाधिवेशनमा जोड दिँदा शशांकले मंसिरमा महाधिवेशन गर्नु उपयुक्त हुने तर्क राखेका थिए । पौडेलले कुन आधारमा मंसिरमा महाधिवेशन सार्नुपर्ने धारणा राखेको भनेर शशांकलाई प्रश्न गरेका थिए । 

जवाफमा उनले समय अभाव, कोरोना महामारी, बर्षा याम र आसन्न चाड पर्वलाई मध्यनजर गरी मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने आफ्नो राय रहेको सुनाएका थिए । तर पौडेलले भदौ २३ उता महाधिवेशन सार्ने कुराले पार्टीमाथि संवैधानिक संकट खडा हुने चेतावनी दिए ।

पौडेलले पार्टीको संवैधानिक संकटको विषय उठाइरहँदा शशांकले व्यवहारिक र वास्तविकता बुझेर अगाडि जानुपर्नेमा जोड दिए ।