२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा पुग्यो



अ+ अ-

एजेन्सी । जिम्बावेले ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा स्थान बनाएको छ । प्रारम्भिक चरणको समूह ‘बी’ को खेलमा शुक्रबार स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै जिम्बावे सुपर १२ पुग्ने चौथो अन्तिम टिम बनेको हो ।

जितका लागि १ सय ३३ रन पछ्याएको जिम्बावेले नौ बलको खेल बाँकी छँदा पाँच विकेट गुमाएर विजयी रन बनायो ।

कप्तान क्रेग एरभिनले ५४ बलमा ५८ रन बनाए । उनले छ चौका प्रहार गरे । त्यस्तै लयमा रहेका सिकन्दर राजाले २३ बलमा ४० रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । यस जितसँगै जिम्बावे आफ्नो समूहको विजेता पनि बनेको छ ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले छ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । जर्ज मुन्सीले सर्वाधिक ५४ रन बनाए । उनले ५१ बलको सामना गरेर सात चौका प्रहार गरे । त्यस बाहेक म्याकलम म्याकलोडले २६ बलमा २५ रन जोडे ।

अब शनिबारदेखि सुपर–१२ चरणका खेल सुरु हुनेछन् । प्रारम्भिक चरणबाट जिम्बावेसँगै श्रीलंका, नेदरल्यान्ड्स र आयरल्यान्ड सुपर–१२ मा स्थान बनाउन सफल रहे ।