२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

भादगाउँ । भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर दिँदा नुवाकोट घर भई हाल काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि थिमी कोरियन अस्पताल पठाइ थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खालीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।