५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातालको झरीले धानबालीमा क्षति



अ+ अ-

मेलम्ची । अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसँैको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो ।

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसँै लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका–५ भरतमणि सिग्देलले बताउनुभयो ।

“दसैँ मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ”, मेलम्ची– ५ का राजेन्द्र ढकालले भन्नुभयो ।

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पु¥याइएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पु¥याएपछि किसानलाई चिन्ता थपिएको छ ।

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पु¥याएको छ । अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची–९ का किसान कृष्णबहादुर खड्काले बताउनुभयो ।

मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उहाँले बताउनुभयो । जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ ।




भर्खरै