२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारबाट जसपाका मन्त्रीलाई हटाउने तयारी



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) सँग सहकार्य गरेको जनता समाजवादी पार्टी (जसपा) बाट संघीय सरकारमा सामेल मन्त्रीहरुलाई हटाउने तयारी सुरु भएको छ ।

सत्ता गठबन्धनबीच निर्वाचनका लागि सिट बाँडफाँटमा असहमति राख्दै गठबन्धन त्यागेर जसपाले एमालेसँग सहकार्य गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो सत्ता गठबन्धनमा संलग्न दलका नेताहरुसँग छलफल गरी जसपाका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुले जसपाका नेताहरुलाई मन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

जसपाबाट संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह रहनुभएको छ ।

उहाँहरु निर्वाचनमा एमालेसँग सहकार्य गरे पनि सरकारबाट तत्काल राजीनामा नदिने मनस्थितिमा रहनुभएको बताइएको छ । पार्टीले पनि आफ्ना मन्त्रीलाई सरकारबाट हट्न केही भनेको छैन ।

प्रधानमन्त्री देउवाले उनीहरुलाई मन्त्रीबाट हटाए पनि नयाँ मन्त्री नियुक्त गर्न पाउनुहुने छैन । २०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।