९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वर्षाले दसैँ मनाएर फर्किने समस्यामा

वर्षाले दसैँ मनाएर फर्किने समस्यामा
फाईल फोटो
अ अ+ अ-

बैतडी । लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।

पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरुद्ध भइरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाएर फर्किने यात्रु घण्टौँसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैँको टीका लगाएर फर्किरहेका हुन् ।

बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताउनुभयो । लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो । निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरुद्ध हुँदा दसैँ मनाएर फर्किनेसमेत समस्यामा परेका छन् । राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

यस्तै लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन् । बाटोमा सडक अवरुद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौँ जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताउनुभयो । बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उहाँको भनाइ छ ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरुद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उहाँको भनाइ छ ।

सुदूरपहाडको जनजीवन पनि प्रभावित

यसैबीच निरन्तरको वर्षाले सुदूरपहाडको जनजीवन प्रभावित बनेको छ । वर्षाले दैनिक कामकाज गर्न, विद्यालय जाने बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने मजदुर, किसानलगायत सबै क्षेत्र प्रभावित बनेको छ । वर्षाले विद्यार्थीको उपस्थिति पनि न्यून रहेकाले पठनपाठन कार्य पनि प्रभावित भएको दोगडाकेदार–७ स्थित भुमेश्वर माविका शिक्षक कृष्णसिंह विष्टले बताउनुभयो । वर्षाले जाडो पनि बढायो, यसले बालबालिका पनि उपस्थित कमै भएका विष्टको भनाइ छ । पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो ।

पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजित विष्टले बताउनुभयो । खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताउनुभयो । केही ठाउँमा काटेको खर कुहिन थालेको र कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन् ।