९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा

कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा
अ अ+ अ-

सुर्खेत । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।

यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध हुँदा आउन नसकेको जनाइएको छ ।

मृत्यु हुनेमा मुगुका मात्रै आठ जना छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–११ तलि सालिमका घर माथिबाट आएको पहिरामा पुरिएर आठ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरामा परेर सात घाइते भएका छन् । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हुम्लामा चार जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–६ मा पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो । मृत्यु हुनेमा ५७ वर्षकी तुलसा, नौ वर्षकी सुष्मिता , सात वर्षकी हुइजाली र पाँच वर्षका वसन्त विक छन् ।

यस्तै जुम्लामा सात, डोल्पामा एक, दैलेखमा एक र सल्यानमा एक जनाको बाढीपहिरामा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच सबैभन्दा ठूलो असर कालिकोटमा परेको छ । कालिकोटमा मात्रै एक प्रहरी जवानसहित २३ बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिलाकर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

पहिरामा पुरिएर तिलागुफा –४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरामा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।

बेपत्ता हुनेमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजङ्ग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् । यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरामा पुरिएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ । बाढीपहिराबाट सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

सञ्चार सेवा अवरुद्ध, विववरण सङ्कलनमा कठिनाइ

लगातारको वर्षाले हिमाली जिल्लाका सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिराबाट भएको क्षतिको विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ । टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा मानवीय र अन्य क्षतिको सम्पूर्ण विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

राहत र पुनःस्थापनामा कुनै कसर बाँकी राख्दैनौँः मन्त्री शाही

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बाढीपहिरामा परी मृत्यु र बेपत्ता भएकाहरूप्रति दुःख व्यक्त गर्दै बाढीपहिरो प्राभावितका लागि राहत र पुनःस्थापना गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोपलाई रोकेर रोक्न सकिन्न, प्रदेशमा बाढीपहिराबाट मृत्यु र बेपत्ता भएको खबर प्राप्त भएको छ म दुःख व्यक्त गर्छु । बाढीपहिरो प्रभावितका लागि सरकारले राहत र पुनःस्थानापन गर्न कुनै कसर बाँकी राख्ने छैन ।” रासस