९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मकवानपुर २ मा ‘गुरु–चेला’बीच रोचक भिडन्त, को हुन् विरोधलाई टक्कर दिने महेश ?

मकवानपुर २ मा ‘गुरु–चेला’बीच रोचक भिडन्त, को हुन् विरोधलाई टक्कर दिने महेश ?
अ अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुने आसन्न निर्वाचनका लागि आइतबार देशैभरबाट उम्मेदवार हरुले उम्मेदवारी दर्ता गरेसँगै मुलुक निर्वाचनमय बनेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् ।

यसैबीच, मकवानपुर–२ मा प्रतिनिधिसभामा रोचक भिडन्त हुने भएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडा र नेकपा एमालेबाट युवा नेता महेश बर्तौला उम्मेदवार छन् ।

राजनीतिक धरातल हेर्दै जाँदा विगतमा उनीहरु गुरु–चेला हुन् । कुनै समय नेता–कार्यकर्ताका रुपमा रहेका उनीहरु अब प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा भिड्दैछन् ।

बर्तौलाले २०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । खतिवडाकै प्रशिक्षणबाट विद्यार्थी राजनीतिमा लागेका बर्तौला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भए ।

बर्तौला अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष हुँदा खतिवडा पत्नी तथा समाजवादी नेतृ मुनु सिग्देल तत्कालीन समयमा एमाले मकवानपुरकी अनेरास्ववियु इन्चार्ज थिइन् ।

इन्चार्जमा रहँदा कतिपय राजनीतिक छलफल तथा भेटघाट खतिवडा निवासमै हुने गर्नाले पनि बर्तौला र खतिवडाको सम्बन्ध सुमधुर थियो ।

बहुदल स्थापनापछि २०४८, २०५१, २०५६ तथा २०७४ सालमा भएका निर्वाचनमा खतिवडा निर्वाचित भए । तीन पटक एमालेकै मात्र भोटबाट विजयी बनेका उनी अघिल्लो प्रतिनिधिसभामा भने माओवादीको साथ–सहयोगमा निर्वाचित भए । यो पटक खतिवडालाई गठबन्धनको सहयोग छ ।

अर्कोतर्फ, बर्तौलाको राजनीतिक पृष्ठभूमीको चर्चा गर्दा २०४० पौष २९ गते मकवानपुरको नाम्टारमा जन्मिएका बर्तौलाले २०५३ सालमा श्री कालिका माविमा कक्षा ७ मा अध्ययनरत रहँदा प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित अनेरास्ववियुमा संगठित भएका थिए ।

यसैगरी अनेरास्ववियु मकवानपुरको जिल्ला सदस्य, सचिव हुँदै दुईपटक जिल्ला अध्यक्ष भएका उनी काठमाडौं उपत्यका बाहिरको सामुदायिक कलेज हरुमा ठुलो कलेज मकवानपुर बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन मा २०६२ र २०६५ मा सभापतिमा निर्वाचित भए ।

यस्तै, २०६६ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपाल केन्द्रिय संयोजकमा निर्वाचित भई अनेरास्ववियु नारायणी अञ्चल कमिटीको उपाध्यक्षमा रही अनेरास्ववियु मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै दुई पटक केन्द्रिय सचिवालय सदस्य, सचीव हुँदै केन्द्रीय उपाध्यक्षबाट उनले विद्यार्थी राजनीतिलाई बिट मार्दै पार्टीमा लागे । विद्यार्थी राजनीतिमा विभिन्न आन्दोलनमा अग्रमोर्चामा खटिने बर्तौला आन्दोलनको दौरान पटक–पटक प्रहरी दमनबाट गम्भीर घाइते समेत बने ।

नेकपा एमाले पार्टीमा पनि उनीसँग २०६३ सालमा नेकपा एमाले मकवानपुर को जिल्ला कमिटी सदस्यमा निर्वाचित, २०६५ मा बुटवल मा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा सबैभन्दा कान्छो प्रतिनिधिको रूपमा मकवानपुरबाट निर्वाचित भई २०७७ सालमा नेकपाको केन्द्रिय सदस्यको जिम्मेवारीको रुपमा काम गरेको अनुभव रह्यो । उनी हाल नेकपा एमाले बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख छन् ।

कानुन विषयमा स्नातक तह उतिर्ण गरेका उनी अधिवक्ता समेत हुन् । यस्तै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र राजनीतिशास्त्रमा मास्टर्स डिग्री (स्नातकोत्तर) उतिर्ण भई उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एमफिल पिएचडी अध्ययन गर्दैछन् ।