५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोट पहिरोः बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । कालिकोटको तीलागुफा नगरपालिका–४ मा पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ ।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँबाट स्थानीय हेमराज शाहीको शव घाटमा लिएर मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन् । यस घटनाले तिलागुफा नगरपालिका शोकमग्न भएको छ ।