• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

निर्वाचन २०७९ः उम्मेदवारको विरोधमा आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने



काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको हो । आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत गएराति नै प्रकाशन गरिसकेको छ ।

आइतबार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागी प्रतिनिधिसभातर्फ २,४७३ (पुरुष–२२४२, महिला–२३१), प्रदेशसभा तर्फ ३,३९३ (पुरुष–३०९९, महिला(२९३, अन्य – १) जनाले मनोनयनपत्र दर्ता गरेको आयोगले जनाएको छ ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजे देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन् ।