५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा



file
अ+ अ-

बैतडी । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो ।

स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् । यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ । ८० भन्दा बढी परिवारको बस्ती रहेको ढुङ्गाडमा सेती नदीले बस्तीतर्फ कटान सुरु गरेको र स्थानीय सुरक्षित स्थानमा सर्न थालेका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

नदी बस्तीतर्फ आउन थालेपछि स्थानीय बासिन्दा खाद्यान्न तथा बाँसका लगि चाहिने सरसामान नजिकैको शारदा माध्यामिक विद्यायलमा सर्न थालेका हुन् । गत वर्ष कात्तिकमा आएको लगातारको वर्षाले सेती नदी बस्तीमा पसेपछि यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । बैतडीमा बुधबार रातिदेखि लगातार वर्षा भइरहेकाले जिल्लाको जनजीवन प्रभावित भएको छ ।