२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १७.४२ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता शेयर ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ । सोमबार ३ अर्ब बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अंकले गिरावट आएको छ ।

मंगलवार कारोबारमा आएका २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावरको शेयरमूल्य ८.५२ प्रतिशत बढेको छ । तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब २ प्रतिशत घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा २१ करोडको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।