२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं ।अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भइ हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् ।

पहिरोमा पुरिएकाहरुको शव निकालिएको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । रासस