२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमराज भण्डारीसहित माओवादी नेताहरुद्वारा सामूहिक राजीनामाको घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णयसहित जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको उल्लेख गरेका छन् ।

यसअघि भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारीको टुंगो लागेको छैन ।

धनकुटामा नेपाली कांग्रेसका नेता सुनिल थापाले समेत दाबी गरेपछि सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।

बैठकले भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।