९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रधान न्यायाधीश राणा आज सर्वोच्च जाने, विरोधको तयारीमा बार र बेन्च

प्रधान न्यायाधीश राणा आज सर्वोच्च जाने, विरोधको तयारीमा बार र बेन्च
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ अ+ अ-

काठमाडौंः निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा आज सर्वोच्च अदालतमा हाजिर हुने तयारीका साथ बिहान करिब  १० बजे सर्वोच्च अदालत पुग्नु हुने भएको छ ।

स्रोतका अनुसार राणाले सर्वोच्च अदालत प्रशासनलाई यस बारेमा हिजै शनिबार जानकारी गराइ सक्नु भएको छ, र आज बिहान उहाँ सर्वोच्च अदालत फर्कनु हुनेछ । राणा स्वयंले सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू नियमित काममा फर्कन लागेकाले आवश्यक तयारी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभाको महाभियोग सुनुवाई समितिले राणाका सम्बन्धमा प्रतिवेदन हिजो सभामुख अग्नि सापकोटालाई बुझाएको थियो जसमा राणा विरुद्ध महाभियोग लगाउन उपयुक्त हुने सुझाव दिएको थियो । तर प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन ।

महाभियोग लगाउने संसद र सांसद नै नरहेको अवस्थामा महाभियोग स्वतः निस्कृय हुने कतिपय कानुन व्यवसायीको जिकिर छ भने कतिपयले अर्को संसदले महाभियोगका विषयमा निर्णय गर्ने बताइरहेका छन् । आज आइतबारदेखि सर्वोच्च फर्कने तयारी भएसँगै सर्वोच्च प्रशासन, न्यायाधीशहरु र बारका पदाधिकारीबीच छलफल तिब्र भएका छन् ।

कानुनी प्रश्न बीच नै राणा आज सर्वोच्चमा हाजिर भएर नियमित काम गर्ने तयारी छ ।

कानुन मन्त्री गोबिन्द शर्माले निलम्बित प्रधान न्यायाधीश राणा सर्वोच्च फर्कन नसक्ने बताउनु भएको छ । कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा मन्त्री शर्माले राणाको कदम सफल हुँदैन, महाभियोग लाग्ने आधार खुलाएर संसदीय समितिले प्रतिवेदन दिएको अवस्थामा जबरा काममा फर्कन मिल्दैन भन्नु भएको छ ।

नेपाल बार एसोसिएसनका पदाधिकारीहरु पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने मनस्थितिमा रहेका छन् ।