४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.35

Wind: 3.09

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: दुई विधेयक पारित



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।