२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अग्निपथ भर्ती’ बारे तत्काल वार्ता हुँदैन: परराष्ट्र मन्त्रालय(भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी तत्काल वार्ता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले निर्वाचनअघि भर्तीसम्बन्धी कुनै निर्णय नहुने जनाउँदै सो विषयलाई अहिले थाँती राखिएको बताउनुभयो ।

यसअघि भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताउनुभएको थियो । उहाँले एक कार्यक्रममा नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताउनुभएको थियो ।

भारतीय सेनाध्यक्षको भनाइप्रति प्रवक्ता लम्सालले नेपाल सरकारको निर्णय भनेकै नवनिर्वाचित सरकारले गर्ने भन्ने भएको बताउनुभयो । नेपाल सरकारले यसअघि नै भारतीय पक्षलाई सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी दिइसकेको छ ।

उहाँले भन्नुभयो, “तत्काल अग्निपथबारे छलफल र वार्ता अघि बढ्दैन। उहाँले आफ्नो देशको कुरा राख्नुभयो हो, यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो ।”

नेपाल सरकारले अग्निपथ भर्ना प्रक्रियाका बारेमा आन्तरिक गृहकार्य गर्नुपर्ने भारतीय पक्षलाई जानकारी गराएको थियो । त्यसपछि यही भदौ ९ मा बुटवल र भदौ १६ गते धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो ।

भारत सरकारले ल्याएको कार्यक्रमअनुसार अग्निपथमा भर्ती भएकामध्ये २५ प्रतिशतलाई नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई चार वर्षपछि फिर्ता पठाउने व्यवस्था रहेको छ ।

अग्निपथ कार्यक्रमअन्तर्गत ‘अग्निवीर’ का रूपमा भर्ती हुने सैनिकमध्ये ७५ प्रतिशत चार वर्षपछि करिब ११ लाख भारुसहित फिर्ता हुनेछन् ।