१५ श्रावण २०८३, शुक्रबार
,
Latest
गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा असोज १ गतेबाट सार्वजनिक क्षेत्रमा धुमपान गर्न निषेध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।

यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने कामपाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।