२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्छ: पूर्वन्यायाधीश समाज



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । पूर्वन्यायाधीश समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्ने बताएको छ ।

समाजले आज पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल समाप्त हुँदैमा जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले महाअभियोगलाई स्वीकार गर्नुपर्ने समाजको ठहर छ । समाजले नयाँ प्रतिनिधिसभाले जबरा दोषी हुन् वा निर्दोष हुन् भन्ने टुंगोल लगाउनुपर्ने बतायो ।

जबराविरुद्ध गत फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव अहिले पनि विचारधीन अवस्थामा छ । प्रतिनिधिसभाको कार्यकाल यही असोज २ गते सकिँदैछ । यस्तो अवस्थामा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने अन्योल छ ।

समाजका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग निष्क्रिय नुहने बताउनुभयो । आगामी प्रतिनिधिसभाले यसलाई ग्रहण गरेर जबरा दोषी वा निर्दोष के हो भन्ने प्रमाणित गर्नुपर्ने उहाँको भनाइ छ ।

समाजको विज्ञप्ति यस्तो छ: