२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधारमा लगानी गर्न प्रधानमन्त्रीको निजी क्षेत्रलाई आग्रह(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताउनुभएको छ ।

बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै बुधबार उहाँले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भन्दै उहाँले ने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने उहाँको भनाइ थियो ।

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने उहाँले बताउनुभयो । सो रकमका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सन् २०२६ सम्ममा मुलुकलाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न पूर्वाधार विकास र आर्थिक उन्नति गर्दै जाने बताउनुभयो ।

उहाँले सरकारले १५औँ पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो । सन् २९४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको नीति रहेको पनि उहाँले बताउनुभयो ।