६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित



file
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

क्यानले अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको जनाएको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

सन्दीप विरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिए पछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।