९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? कारबाही पर्नुहोला !
अ अ+ अ-

काठमाडौँ । के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला ! तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ ।

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

ट्राफिक प्रहरीको यही भदौ ७ गतेको अनुगमनका क्रममा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनी मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको बताउनुहुन्छ ।

“ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दर्ता गराएका छौँ”, उहाँ भन्नुहुन्छ । कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने दुई तथा पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एक ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनी बताउनुहुन्छ ।

यस्तै पाँच वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि चालू आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारले स्ट्याण्र्डर नाप र तौल ऐन २०२५ को पाँचौँ संशोधन अगाडि बढाएको छ । प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको बताउनुहुन्छ ।

उहाँका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार सात सय ३६, आव २०७८÷७९ मा १० हजार दुई सय ९५ र चालु आवको भदौ १८ गतेसम्म एक हजार नौ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसूरमा कारबाही गरिएको छ ।

विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि पहिले चढ्ने भनेको ट्याक्सी हो, त्यस ट्याक्सी चालकले कस्तो व्यवहार गर्छ त्यसले हाम्रो सिङ्गो देशको अवस्था थाहा हुने भएकाले ट्याक्सी चालक संयमित हुनुपर्दछ । रासस