९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती
अ अ+ अ-

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् ।

विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ जनवरी १ अर्थात् आगामी पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

क्यानले विमानस्थल सञ्चालनको निर्णय गरे पनि पोखरेलीले भने विमानस्थल तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशङ्का व्यक्त गर्दछन् । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान र नजिकको ल्याण्डफिल साइट नहट्दासम्म विमानस्थल सञ्चालनमा आउन नसक्ने भएकाले यो आशङ्का गरिएको हो । तर डाँडा कटानको काम भने अघि बढिसकेको छ ।

क्यानले केही दिनअघि विमानस्थल छेउको रिठेपानी डाँडा कटानका लागि बोलपत्र आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो । अबका तीन महिनाभित्र कटानको काम सकिने बताइएको छ । डाँडा कटानका लागि ठेक्का आह्वान गरिएकाले विमानस्थल सञ्चालनको आशङ्का केही हटे पनि अर्को प्रमुख समस्या रहेको ल्याण्डफिल साइट स्थानान्तरणको चुनौती भने बाँकी नै छ ।

पोखरा–१४ बाच्छेबडुवामा रहेको ल्याण्डफिलमा पोखराको फोहरमैला व्यवस्थापन हुँदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैपर्ने स्थानको फोहरमैला नहटाउँदासम्म विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन । विमानस्थल निर्धारित मितिमा सञ्चालनका लागि ल्याण्डफिल साइट स्थानान्तरण अहिले प्रमुख समस्याका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल सञ्चालनका लागि अवरोधका रुपमा रहेको रिठेपानी डाँडा कटानको प्रक्रिया सुरु भएर कामका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो ।

हवाइ सुरक्षाका लागि विमानस्थल छेउको डाँडा ४० मिटर कटान गर्नुपर्नेछ । पछाडिको ४० मिटर र अगाडिको १२ मिटर डाँडा कटान गरे पुग्नेछ । सो डाँडा १४ मिटर काटेपछि क्यालिब्रेशन र परीक्षण उडान गर्न सकिने बताइएको छ ।

आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो, “डाँडा कटानका लागि बोलपत्र आह्वानपछि एयरपोर्ट सञ्चालन थप सुनिश्चित भएको छ । विमानस्थल सञ्चालनअगावै कटानको सबै काम सम्पन्न हुनेछ, अब सञ्चालनमा कुनै अवरोध नआउने विश्वास छ ।”

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोहीअनुसार रिठेपानी डाँडा कटान गर्न लागिएको हो । सो वनमा रहेका छ सय रुख कटान गर्नुपर्ने देखिएको छ ।

ल्याण्डफिलका कारण विमानस्थल नजिक चराचुरुङ्गीको आवागमन भइरहने हुँदा यसबाट हवाई सुरक्षामा जोखिमको खतरा रहन्छ । यसैकारण क्यानले तोकेको मितिमा विमानस्थल सञ्चालनका लागि नजिकको ल्याण्डफिल साइट हटाउनु आवश्यक छ ।

त्यसैले हवाई सुरक्षा मापदण्डअनुसार विमानस्थलको १२ देखि १४ किमी क्षेत्र नजिक ल्याण्डफिल र तीन किमीभित्र पशु बधशाला रहनुहुँदैन । हाल सञ्चालनमा रहेको ल्याण्डफिल त्यहाँबाट हटाउने प्रमुख जिम्मेवारी पोखरा महानगरपालिकाको हो ।

विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले पोखरा महानगरले विमानस्थल सञ्चालनअगावै ल्याडफिल हटाउने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यालिब्रेशन र टेष्ट फ्लाइटका लागि समस्या नभए पनि विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल नहट्दासम्म यहाँबाट उडान हुँदैन । महानगर प्रमुखले यसलाई व्यवस्थापन गर्ने वचन दिनुभएकाले समयअगावै हट्छ भन्ने विश्वासमा छौँ ।”

पोखरा महानगरपालिकाले विमानस्थल सञ्चालनलाई सहज बनाउन ल्याण्डफिल हटाउन अग्रसर देखिए पनि काम भने अगाडि बढन नसक्दा नतिजा हासिल हुन सकेको छैन । महानगरले ल्याण्डफिल साइट बनाउन विभिन्न ठाउँमा जमिन हेरेपनि स्थानीयको विरोध आउने गरेको छ ।

एक वर्षअघि नै महानगरले पोखरा–१६ र २० को सिमाना पस्मराङमा फोेरमैला व्यवस्थापनस्थल बनाउने निर्णय कार्यपालिकाबाट गरेको थियो । सो निर्णय लगत्तै स्थानीयको विरोध सुरु भएपछि महानगर पछि हट्नु परेको थियो ।

त्यसपछि गत वैशाखमा पुनःमहानगरले पोखरा–३३ भरतपोखरीमा ल्याण्डफिल बनाउने निर्णय गरेर पूर्वाधारका लागि चालू वर्षमा रु १० करोड बजेट विनियोजन गरेपनि त्यहाँ स्थानीयले विरोध जनाइरहेका छन् ।

महानगर फोहरमैला व्यवस्थापनको अध्ययनमा विदेशसम्म

ल्याण्डफिल साइटकै कारण अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएपछि पोखरा महानगर पछिल्लो केही सातादेखि फोहर व्यवस्थापनका उपायमै खोजीमा विदेशसम्म पुगेको छ ।
महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले छिमेकी मुलक भारतसम्म पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा अध्ययन अवलोकन गरेको हो ।

महानगरले गत साता भारतका नयाँदिल्ली, गाजियावादलगायतका विभिन्न स्थानमा रहेका चार वटा ‘प्लान्ट’मा गएर फोहर व्यवस्थापनको अवलोकन गरेर फर्किएको छ । अध्ययनका लागि टोली भदौ अन्तिम साता पुनः भारतको बैँङ्लोर जाने तयारीमा रहेको छ ।

देशभित्र पनि फोहर व्यवस्थापनमा नमूनाका रुपमा लिइएको धरान, हेटाँैडालगायतका स्थानको अवलोकन गरिएको महानगरले जनाएको छ । विभिन्न स्थानमा गरिएको अवलोकनबाट फोहरको वर्गीकरण गरी कतै ग्यास, बिजुली, प्रारङ्गारिक मल, प्लाष्टिकबाट खानेपानीको पाइप निर्माणलगायतका उद्योग स्थापना गरिएकाले पोखरामा कसरी गर्न सकिन्छ भनी अध्ययनमा टोली लागेको हो ।

महानगर प्रमुख आचार्यले ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोजिने बताउनुभयो । पोखरामा हाल रहेको ल्याण्डफिल २०औँ वर्षलाई पुग्ने र पोखराको फोहर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता नभएपनि विमानस्थलका लागि अहिले नयाँ खोजी गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आज अवस्था फेरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्याण्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ, यसका लागि विभिन्न ठाउँमा प्राविधिक सहित अध्ययन पनि गरिरहेका छौँ ।” रासस