• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

राष्ट्रियसभा: डेङ्गु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण



file

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो । उहाँले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापा ९पार्वती० ले देशभर करिब ३६ हजार सङ्ख्यामा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि सङ्घर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मिटरब्याज पीडित नागरिकको समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो ।

सांसद नन्दा चपाईंले काठमाडौँ उपत्यकामा अव्यवस्थित अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न माग गर्नुभयो । उपत्यकामा मात्रै एक हजार नौ सय ४९ थान सवारीसाधन अव्यवस्थित रहेको पाइएको र यसबारे दिगो व्यवस्थापनका लागि कानुनी रुपमा समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।