६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव सप्तरी क्षेत्र नं २ बाट सिफारिस



अ+ अ-

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिनुभयो ।

जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं ९ख० का प्रदेशसभा सदस्य तथा मधेस प्रवेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले बताउनुभयो ।