२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावका लागि काठमाडौं र सदरमुकाममा बस्ने होइन बस्तीबस्तीमा जाने हो- अध्यक्ष नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताउनु भएको छ ।

अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न रु भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नु भयो । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गर्नु भयो । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘अव हामीेले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अव काठमाडौं र सदरमुकाममा बस्ने होइन । अव बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो रु ठूलो कुरा होइन । हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन् रु हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं । त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन । समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप । अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो । र, चुनावमा विजयी बनाउने हो । अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गर्र्यौं । त्यसमा सवाँ नौं लाख जनताको समर्थन पनि हासिल गर्यौं । अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ । हामीले सम्भव तुल्याउन चाहिरहेका छौं । त्यसो भएको हुनाले हामी तपाईँहरुबाट के आशा गर्छौं भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति संगठनका हाम्रा सबै नेताहरु, केन्द्रिय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरुलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस् । र, नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हैसियत र सामथ्र्य वृद्धि गर्नका लागि तपाईँहरु सम्पूर्ण रुपमा समर्पित हुनुहोस् । पार्टी तपाईहरुको साथमा छ । तपाई हामी हातेमालो गर्दै नेपाली समाजलाई रुपान्तरण गर्ने काममा जुटौं । ’

त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिनु भयो ।